महोत्तरीको सोनमामा बालबालिकाका लागि पोषण भत्ता वितरण – Kanika Khabar
Saturday, October 24Nepali News Portal

महोत्तरीको सोनमामा बालबालिकाका लागि पोषण भत्ता वितरण

    मा प्रकाशित

कनिका खबर
भदौं १३, महोत्तरी
सोनमा गाउँपालिका वडा नं.७ सुन्दरपुर वडा कार्यालयले आफ्ना वडामा रहेका बालबालिकाका लागि पोषण भत्ता बितरण गरेको छ । कोरोना सङ्क्रमण बढिरहेकाले अहिलेको अबस्थामा बैंक जान समस्या हुने हुनाले कार्यालयमै बोलाई वितरण गरिएको कार्यालयले जनाएको छ । सामाजिक दुरीको पालनाका साथै मास्क र सेनेटाइजरको व्यवस्था गरी पहिलो,दोस्रो र तेस्रो किस्ता बराबरको रकम शुक्रबारदेखी वितरण गर्ने कार्य सुरु गरेको वडा सचिब रामज्ञान यादबले बताउनुभयो । सचिव यादबले हाल यस वडामा ४ सय ४७ बालबालिका सेवाबाट लाभान्वित रहेको र करिब १८ लाख १८ हजार रुपैयाँ बितरण गरिने जानकारी दिनुभयो । कार्यालय अन्तर्गत रहेका एकल महिला,अपाङ्ग र जेष्ठ नागरिकको भत्ता बराबरको रकम बैंकमा ट्रान्सफर गरिसकेको र अबको एक हप्तापछि बितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्