कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १४, काठमाडौं
कोरोना सङ्क्रमणका कारण मृत्यु संख्या बढीरहेको छ । हिजो सरकारले १२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनिक भएपछि थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ । चितवनमा बिहान एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् । कोरोना सङ्क्रमणका कारण नवलपुरका एक पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा भाद्र ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहनुभएका विनय त्रिवेणी गाउँपालिका– ६ का ६२ बर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्