भारतीय रक्षामन्त्री सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने ।। – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

भारतीय रक्षामन्त्री सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने ।।

    मा प्रकाशित

कनिका खबर
भदौं १४, दाङ 
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिनुभएको छ । उहाँले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको जनाउनुभएको हो । उहाँले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरू आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले आज ट्वीटमार्फत जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको भ्रमण सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुनेछ ।मस्कोमा आगामी हप्ता साङघाइ कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । त्योे बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरूको सहभागिता रहने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्