नेपालगन्जमा तनाव : प्रहरीको गाडीमा ढुंगामुढा – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालगन्जमा तनाव : प्रहरीको गाडीमा ढुंगामुढा

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २३, दाङ ।

नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । करिव बिहान साढे १० बजे त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय र प्रहरी बीच झडप भएको हो ।

नेपालगञ्जमा निषेधाज्ञा बैशाख २५ सम्म जारी छ । निषेधाज्ञा बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गर्ने व्यवस्था मिलाएको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा भीड बढेपछि प्रहरीले भिड व्यवस्थापन गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । सोहि विवादमा सहभागि एक युवालाई प्रहरीले त्रिवेणी चोकबाट पक्राउ गरेको थियो । र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुढा गरेको एसपी वीरबहादुर ओलीले बताए ।

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव पैदा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ,’ वलीले भने ।

स्थानीयले भने प्रशासनले पसल खोल्नु भनेको समयसमा खोल्दा पनि प्रहीले कुटपिट गरेको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्