आज एकै दिनमा कोरोनाका कारण १४ जनाको ज्यान गयो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज एकै दिनमा कोरोनाका कारण १४ जनाको ज्यान गयो

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा आज आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । आज एकै दिन १४ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । मन्त्रालयका अनुसार आज ४ महिला र १० पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला छन् ।

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्