पुन: फर्कने सर्तमा कैदीलाई घर पठाउन प्रस्ताव – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

पुन: फर्कने सर्तमा कैदीलाई घर पठाउन प्रस्ताव

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
पुनः फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन सांसदहरुले प्रस्ताव गरेका छन् । पछिल्लो समयमा सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि सांस्दहरुले यस्तो प्रस्ताव गरेका हुन् । संंसदको राज्य व्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठकमा यो विषयमा छलफल भएको हो ।
बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै कैदी बन्दी रहेको भन्दै कैद छुट गर्न मिल्नेको छुट गर्न र अन्यलाई पछि फर्काउन मिल्ने गरी घर पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सुझाव दिएका छन् ।

सांसदहरुले कोरोना संक्रमित कैदी बन्दीलाई छुट्टै राखेर उपचार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले कानुनले ५० प्रतिशत कैद भुक्तान गरेका कैदी बन्दीलाई छोडिहाल्न नसकिने बताए । तर, विभिन्न सन्दर्भ पारेर दिइने छुटका विषयमा अध्ययन गरिरहेको उनले उल्लेख गरे ।

‘हाल देशभर २४ हजार १६३ कैदीहरु छन् । कारगारको क्षमता १६ हजार जनाको मात्र भएको पोखरेलले बताए ।
महानिर्देशक पोखरेलले कोरोना संक्रमित कैदी बन्दीलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पनि बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्