कनिका खबर
भदौ १४, काठमाडौँ ।
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले आज भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता गराएका थिए । भुजेलको हकमा साउन २३ र भदौ ५ गते दुईवटा निवेदन दर्ता भएको थियो । सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा थुनामा रहनुभएका भुजेललाई रिहा गर्न माग गर्दै प्रतिमा भुजेलले सर्वोच्चमा निवेदन दिनुभएको थियो । २०७६ पुस १२ गते पक्राउ परेकी भुजेललाई जिल्ला अदालतले थुनामुक्त गरेलगत्तै अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।