भक्तपुरमा एकै घरका १४ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Sunday, October 13Nepali News Portal

भक्तपुरमा एकै घरका १४ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
रामेछाप स्थाई घर भइ मध्यपुरथिमि नगरपालिका–९ बोडेको कृषि विकास बैंकको तालिम केन्द्रको भवन नजिकै जग्गा भाडामा लिगेर बस्दै आएका एक पुरुषलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोगले परिवारकै सबै लाइ कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत रहेका छन् । परिवारका अन्यको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा भक्तपुरमा पिसीआर गरिदा परिवारका सबैमा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयले गरेको प्रमुख कृष्ण मिजारले बताउनुभयो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्ध लाइ कोरोना सङ्क्रमण भएको छ । भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्