कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीले आइसोलेसनबाट लेखे भावुक पत्र – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीले आइसोलेसनबाट लेखे भावुक पत्र

    मा प्रकाशित

म एउटा नेपाल सरकारको स्वास्थ्यकर्मी हो । म तुलसीपुर उपमहानगरपालिका वडा न ११ अन्तर्गत उरहरी स्वास्थ्य चौकी दाङमा कार्यरत छु । कहिले क्वारअन्टिन त कहिले हेल्थ डेस्क त कहिले स्वास्थ्य संस्थामा काम गर्दा गर्दै अनि कोभिड १९ को विरुद्धमा लड्दा लड्दै तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कोभिड १९ बाट संमक्रमित हुने म पहिलो स्वास्थ्यकर्मी बन्न पुगेको छु । म नेपाल सरकार, स्वास्थ्य प्रबद्र्धन शाखा, तुलसीपुर उपमहानगरपालिका र समुदायबाट विभेद, अन्याय र तिरस्कारको अखडा बन्छु होला भन्ने कल्पना समेत गरेको थिएन । सायद कल्पना गरेको भय पिसिआर टेस्ट नै गराउदैन थिय होला । चाहिदासम्म भाँडो नचाहिदा ठाडो भन्ने उखान आज चरितार्थ भएको छ । जुन आज मेरो घर परिवार, माइती, दिदी बहिनी, आफन्त इस्ट्मित्रलाई चिन्तै चिन्ताको अखडा बनाएको छु अझ भन्नू पर्दा गाउँ समुदायलाई अभिषाप प्रदान गरेको आभास मलाई भैरहेको छ । सोच्थँे कोभिड १९ हाउँगुजी नै हो तर एउटा सामान्य रुघाखोकी हो । यहाँ मान्छे महामारीले होइन महाआतंकले अनि गाउँ समाज समुदायबाट हुने गरेको अन्याय अत्याचार विभेद र तिरस्कारले गर्दा मान्छेको दिनप्रतिदिन मृत्युबरण गरिरहनु परेको आभास मलाई मिलिरहेको छ । मलाइ लाग्थ्यो यो संसारमा म मात्रै कोभिड १९ बाट संक्रमित छु भनेर तर दोस्रो पटकको पिसिआर जब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएपश्चात २ जना डक्टर लगायत ९ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ आएपछि उहाँहरुलाइ होम आइसुलेसनमा राखियो । सायद ७० लाख खर्च गरेर डक्टर पढेको भएर होला । म त्यसमा चित्त बुझाउला सहुँला तर अन्य स्वास्थ्यकर्मीलाई पनि होम आइसुलेसनमा राखियो । के यसरी होम आइसुलेसनमा राख्दा समुदायमा नराम्रो असर पर्दैन ? के समुदायले राख्न स्वीकार गर्छ के समुदायमा नकारात्मक असर पर्दैन ? यसको मुल्यांकन कसले गर्ने ? यदि असर पर्दैन भने मलाई होम आइसुलेसनमा बस्न किन दिइएन ? र के म तुलसीपुर नगरपालिका अन्तर्गतको पहिलो कोभिड १९ को संक्रमित स्वास्थ्यकर्मी भएकै कारणले कोरोना अस्पताल बेल्झुन्डीमा सडकमा हिँड्ने पाल्तु कुकुर झै हुलिएको हो ? को पहिला आयो को पछि आयो त्यसको कुनै लेखाजोखा छैन ट्वालेट एउटै बाथरुम एउटै ७÷ठ जना एउटै रुममा सबै पोजेटिभ भनेर एउटैमा हुलिएको हो ? अब भन्नुहोस हामी त कोभिड १९ जितेर घर फर्किउला तर दिर्घरोगी,वृद्ध र बुढापाखा कसरी कोभिड १९ जितेर फर्किन्छन होला ? मनमा गम्भीर प्रश्न उभिएको छ । मैले गर्दा २९ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्नु पर्यो भनेर जिम्मेवार ब्यक्तिले गाली गर्दै हिड्ने के उस्को घरको सम्पती सक्नु परेको छ ? के उस्को पकेट्को पैसा सकिएको हो ? के म नेपाल सरकारको स्वास्थ्यकर्मी होइन ? कोभिड १९ को विरुद्धमा लडेको ब्यक्ति थिएन ? के स्वास्थ्यकर्मीमाथि राज्यले गर्ने व्यबहार यही हो ? सबै राजनीतिक दल ,जनप्रतिनिधि, सरोकारवाला, स्वास्थ्य महाशाखा, तुलसीपुर उपमहानगरपालिका राज्य र पत्रकारहरुलाई प्रश्न गर्न मन लागिरहेको छ ? स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी माथि गरिएको यो बिभेद्को घोर भर्सना गर्दछु । र पत्रकार ज्युहरुलाई समुदायस्तरसम्म पुर्याइ दिनको लागि हार्दिक अपिल गर्दछु ।

खड्ग बहादुर बस्नेत
अ.हे.ब.
कोरोना अस्पताल बेल्झुन्डीको
बन्द कोठाबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्