लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने सरकारको निर्णय – Kanika Khabar
Thursday, February 13Nepali News Portal

लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
भदौं १५, काठमाडौं
सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभयो । यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको मन्त्री खतिवडाले बताउनुभयो । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्