सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण – Kanika Khabar
Thursday, May 9Nepali News Portal

सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं १५, सिन्धुली
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरिक्षक रञ्जु सिग्देलले प्रदेश नम्बर २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको र अन्य प्रहरीहरुसँग पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई प्रहरी कार्यालय भित्रकै आइसोलेसनमा सुरक्षित राखिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितहरुलाई दुई हप्तादेखि नै प्रहरी कार्यालय भित्रको क्वारेन्टाइनमा राखिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्