मेलम्ची नगरपालिकाका कर्मचारीलाइ काठमाडौं लगायत कोरोना प्रभावित स्थानहरुमा जान रोक – Kanika Khabar
Thursday, June 11Nepali News Portal

मेलम्ची नगरपालिकाका कर्मचारीलाइ काठमाडौं लगायत कोरोना प्रभावित स्थानहरुमा जान रोक

    मा प्रकाशित

कनिका खबर
भदौं १५, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकामा नगस्तरीय स्थानिय कोरोना विपद् ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण ५ वटा निर्णय गरेको छ । आजको बैंठकले नगरका कर्मचारीहरुलाइ काठमाडौं या कोरोना प्रभावित स्थानहरुमा आवत जावतमा रोक लगाउने निर्णय गरेको छ । अति आवश्यक काममा जानै परेमा ब्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि २ हप्ता होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइनमा २ हप्ता बस्न लगाउने निर्णय पनि भएको छ । त्यस्तै बैठकले प्रभावित जिल्लाहरुबाट मेलम्ची प्रवेशमा नाकाहरुमा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेहरुलाइ होम क्वारेन्टाइनमा बस्नकालागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ । त्यस्तै भाद्र ९ गतेके निर्णय अनुसारनै बजार खुल्ने र विक्रि वितरण गर्ने निर्णयलाइ भाद्र १७ गतेसम्म यथावत रहने निर्णय भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्