महोत्तरीमा एक साताको लागि निषेधाज्ञा थप – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

महोत्तरीमा एक साताको लागि निषेधाज्ञा थप

    मा प्रकाशित

कनिका खबर
भदौं १५, महोत्तरी
महोत्तरी जिल्लामा कोरोनाको सङ्क्रमण समुदाय स्तरमै बढ्दै गएको र जनस्वास्थ्यमा गंभिर असर पर्ने अवस्थालाई मध्यनजर गदैं जिल्ला सुरक्षा समिति महोत्तरीको आज बसेको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार निषेधाज्ञा आज राति १२ बजे देखि लागु हुने गरी भदौ २२ गते राति १२ बजे सम्मको लागी थप गरीएको हो । आज जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा कोरोनाका महामारी दिन दिनै समुदायमा बढी रहेको भन्दै जनताको स्वास्थ्यको रक्षाका लागि निषेधाज्ञालाई निरन्तरता दिनका लागि सिफारिस गरीएको थियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस अघि भदौ १० गते राती १२ बजे देखिी आज राती १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो । निषेधाज्ञा आदेश विपरितको कसैले गतिविधि गरेको खण्डमा संक्रामक ऐन २०२० को दफा २ अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्