बारामा जारी निषेधाज्ञा खुकुलो बनाइयो – Kanika Khabar
Sunday, July 19Nepali News Portal

बारामा जारी निषेधाज्ञा खुकुलो बनाइयो

    मा प्रकाशित

कनिका खबर
भदौं १६, बारा
बारा जिल्लामा आजबाट निषेधाज्ञा खुकुलो हुने भएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरिको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । खाद्यान्न, किराना पसल, ग्यास, इन्धन, डेरी, लगायतका व्यावसायहरु बिहान १० बजेदेखि साँझ ४ वजेसम्म खुल्ला गर्ने र यसका लागि भौतिक दुरी कायम राख्नु पर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यसअघि दैनिक उपभोग्य बस्तु खरिद बिक्रि वितरणका लागि बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको थियो । यस्तै सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरुमार्फत् कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयहरुले भने स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भोलिदेखि सेवा प्रवाहको व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।

बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य सञ्चालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्