जंगली च्याउ खाँदा सात जना बिरामी – Kanika Khabar
Thursday, May 21Nepali News Portal

जंगली च्याउ खाँदा सात जना बिरामी

    मा प्रकाशित

कनिका खबर
भदौं १६, नुवाकोट
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को भेठिगोठमा जंगली च्याउ खाँदा सात जना बिरामी भएका छन् । एकै घरका तीनसहित सात जना बिरामी भएको बताइएको छ । बिरामी भएका सबै जनाको उपचार भइरहेको छ । च्याउ खाएर बिरामी भएको जानकारी पाउनासाथ थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनाष भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्दारको लागि घटनास्थल पुगेका थिए । स्वास्थ्य सहायक सुरेन्द्र रोकाया र डिल्लीरमण डाँगीले बिरामीको उपचार गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्