कोरोना महामारीलाई ध्यानमा राखी नगरपालिकाले कर छुट गर्दा व्यवसायीलाई राहत – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कोरोना महामारीलाई ध्यानमा राखी नगरपालिकाले कर छुट गर्दा व्यवसायीलाई राहत

    मा प्रकाशित

कनिका खबर
भदौं १६, नुवाकोट
विदुर नगरपालिकाले कोरोना महामारीका कारण बन्द रहेका व्यवसायमा लाग्ने करमा छुट दिने निर्णय गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सञ्चालित व्यवसायहरुको कर र सेवा शुल्कमा छुट दिने भएको हो । कोभिड–१९ का कारण लामो समयसम्म भएको बन्दाबन्दीले सबै क्षेत्र प्रभावित भएको कारण नगरपालिकाले नगरभित्रका सर्वसाधारणलाई स्थानीय तहमार्फत् हुने सेवा सुविधामा सहजिकरण गर्न अग्रसर रहेको कार्यालयले जनाएको छ । विदुर नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्दै आएकाहरुमा व्यवसायको प्रकृति हेरेर सहजिकरणको योजना ल्याउने जनाएको छ । नगरपालिकाको यो निर्णयले व्यवसायीलाई भने राहत भएको व्यवसायीहरुले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्