कनिका खबर
भदौं १६, हुम्ला
आप्mनै पार्टीको बैठकमा वडाअध्यक्ष माथि हातपात भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका १ को वडा कमिटि बैठकमा सहभागि भएका वडा अध्यक्ष रग थापामाथि पार्टीकै नेता कार्यकर्ताद्धारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्य समेत रहेका मानबहादुर थापाले हातपात गरेको पिडित वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । “पार्टीको वडा कमिटिले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठि काटेकाले म त्यही अनुसार बैठकमा सहभागि भएँ,” वडा अध्यक्ष थापाले भन्नुभयो, “सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा तिमि सत्ताका भतुवाहरु भत्ताले मातेका भन्दै अचानक आएर मुखमा हिर्काए ।” पार्टीको औपचारिक बैठकमा विना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभुत विद्यालय जस्तो सार्वजनिक थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताउनु भयो । वडा अध्यक्ष थापा नेकपा अदानचुली गाउँकमिटिका सदस्य समेत हुन् ।
मा प्रकाशित