कोरोना विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न विश्व स्वास्थ्य संगनठनको आग्रह – Kanika Khabar
Sunday, March 15Nepali News Portal

कोरोना विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न विश्व स्वास्थ्य संगनठनको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौं १६, दाङ
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । विभिन्न देशहरुले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला संगठनको भनाइ सार्वजनिक भएको हो । संगठनका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनुभयो । संगठनका अनुसार हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १ सय ४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् । यसका साथै संगठनले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको हो । विश्व स्वास्थ्य संगठनले जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुने भएकाले चेतावनी समेत दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्