रोल्पा अव कोरोना मुक्त – Kanika Khabar
Sunday, July 26Nepali News Portal

रोल्पा अव कोरोना मुक्त

    मा प्रकाशित

कनिका खबर
भदौं १६, रोल्पा
आजबाट रोल्पा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । रुन्टीगढी गाउँपालिकाका एक सङ्क्रमित डिस्चार्ज भएर घर गएसंगै कोरोना सङ्क्रमितको संख्या शुन्य भएको हो । जिल्लामा रहेको अस्थायी आईसोलेशन केन्द्रले गएराती विज्ञप्ति निकाल्दै पहिलो सङ्ंक्रमित भेटिएको ८२ औ दिनमा १ जना ब्यक्ति कोरोना भाईरसबाट मुक्त भई डिस्चार्ज भएको जानकारी गराउदै अब जिल्लामा सङ्क्रमित नभएको बताएको छ । गत जेठ २९ गते ३ जनामा सङ्ंक्रमण देखिएसंगै जलजलन बहुमुखी क्याम्पसमा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्र ७५ जना सङ्क्रमितलाई राखेको थियो । सङ्क्रमित शुन्य भए पनि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार अस्थायी आईसोलेशन केन्द्रलाई चौबिसै घण्टा तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म जिल्लामा २ हजार ४ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ३ सय ९१ जनाको परिक्षण गरिएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्