रथयात्रा गर्न नसकिएकोमा क्षमा पूजा – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

रथयात्रा गर्न नसकिएकोमा क्षमा पूजा

    मा प्रकाशित

कनिका खबर
भदौं १९, काठमाडौं
रातो मच्छिन्द्रनाथसँग रथयात्रा गर्न नसकिएकोमा क्षमा माग्दै आज ललितपुरमा क्षमापूजा गरिएको छ । आज बिहान ८ जना पुजारीले ललितपुर महानगर क्षेत्रमा लगाइएको कफ्र्यूका बीच नै विशेष पद्धतिका साथ मच्छिन्द्रनाथको क्षमा पूजा गरेका छन् । हिजो मात्र प्रशासनले लगाएको निषेधाज्ञाका बीच रथ तान्न खोज्दा प्रहरीसँग झडप हुँदा अप्रिय अवस्था सृजना भएको थियो । केही घाइते भएका थिए । हिजोको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरिएको छ । कार्यदलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आज क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ । त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ । सोही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्