अब सबै स्थानीय तहले एउटै ‘लोकल लेभल मोवाइल एप’ मोवाइल एप्स प्रयोग गर्ने – Kanika Khabar
Thursday, October 22Nepali News Portal

अब सबै स्थानीय तहले एउटै ‘लोकल लेभल मोवाइल एप’ मोवाइल एप्स प्रयोग गर्ने

    मा प्रकाशित

कनिका खबर
भदौं २२, काठमाडौं
सरकारले सबै स्थानीय तहले एउटै मोवाइल एप्स सञ्चालन गर्नेगरी स्थानीय तहको एप अर्थात् ‘लोकल लेभल मोवाइल एप’ सञ्चालनमा ल्याएको छ । अहिलेसम्म छुट्टा छुट्टै मोवाइल एप सञ्चालन गर्ने चारसय ३३ वटा स्थानीय तहका मोवाइल एपलाई एउटैमा गाभेर सूचना प्रविधि विभागले ‘लोकल लेभल मोवाइल एप’ सञ्चालनमा ल्याएको हो । मोवाइल एप सञ्चालनमा नल्याएका बाँकी तीन सय २० स्थानीय तह पनि यसै एपमा जोडिने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । यस अघि स्थानीय तहमा सञ्चालित मोवाइल एप्सको स्तरोन्नती गर्दै र नयाँ सुविधा थप गरेर लोकल लेभल मोवाइल एप निर्माण गरिएको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले सीआईएनसँग बताउनुभयो । कोभिड १९ को महामारीका बेला सूचना प्रवाह गर्न, स्थानीय तहबाट प्रदान गरिने सेवा वाफतको भूक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने उहाँले बताउनुभयो । सबै स्थानीय तहको फरक पहिचान हुने गरि तयार गरिएको एप एनड्रोइड फोन प्रयोगकर्ताले प्ले स्टोर र आइओएस फोन प्रयोगकर्ताले एप्स स्टोरबाट स्थानीय तहको एप लोकल लेभल नामको डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् । अहिलेसम्म विभागको खाताबाट प्ले स्टोर र एप्स स्टोरमा स्थानीय तहको छुट्टा छुट्टै नाममा रहेका एप नयाँ एप सञ्चालनमा आएसँगै स्वत सञ्चालनमा नरहेका पनि विभागले स्पष्ट पारेको छ । विभागले निर्माण गरेको एपको तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्