ओझेलमा परेका दलितहरूको मुक्तिका लागि सरकार लागि परेको मन्त्री गुरुङको भनाइ – Kanika Khabar
Saturday, May 2Nepali News Portal

ओझेलमा परेका दलितहरूको मुक्तिका लागि सरकार लागि परेको मन्त्री गुरुङको भनाइ

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, काठमाडौं
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ । मन्त्री गुरुङले दुर्गम क्षेत्रका अशिक्षित, गरिब दलितहरूलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरूको मुक्ति सम्भव नहुने पनि स्पष्ट पार्नु भयो । ‘आज दलितहरु, जनजातिहरु, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन्,’ मन्त्री गुरुङले भन्नु भयो, ‘उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन ।’ दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले दलितहरुलाई कमजोर देखाएर राजनीति नगर्न पनि सचेत गराउनु भयो । मन्त्री गुरुङले मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समूदायका अगुवाहरुलाई आह्वान गर्नु भयो । मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यमबाट ओझेलमा परेका दलितहरुको मुक्तिका लागि सरकार लागि परेको पनि बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलित समूदायको सशक्तिकरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्