फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसँग एन्फाको माग – Kanika Khabar
Monday, August 24Nepali News Portal

फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसँग एन्फाको माग

    मा प्रकाशित

कनिका खबर
असोज १, दाङ
अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीले हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसँग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलाडीलाई प्रशिक्षणका लागि तत्काल अनुमती प्रदान गर्नुपर्ने बताउनुभएको थियो । अन्य सबै क्षेत्र विस्तारै खुल्दै गएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले खेलकुदलाई समेत खुल्ला गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराउनुभएको हो । ‘तत्काल प्रशिक्षण मात्र भएपनि खोलौं । शेर्पाले प्रस्ताब गर्नुभएको थियो, अवस्था सामान्य भएपछि प्रतियोगिताको बिषयमा सोंचौला तर खेलाडीलाई अभ्यासमा फर्काउन ढिला गर्न हँुदैन ।’ एन्फाले सरकारले अनुमती प्रदान गरेको अवस्थामा बिना दर्शक अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा गर्न सकिने प्रस्ताव गरेको छ । सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलका लागि प्रशिक्षण खुल्ला गर्ने निर्णय गरेको थियो । तर कोरोना सङ्क्रमण फैलिएको भन्दै सरकारले सम्पूर्ण खेल गतिविधि बन्द गरेको छ । सरकारले यस बिषयमा आवश्यक निर्णय नगर्दा खेलाडी सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन् भने सम्पूर्ण खेलकुद गतिविधि ठप्प छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्