गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा तुलसीपुरमा रक्तदान कार्यक्रम – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा तुलसीपुरमा रक्तदान कार्यक्रम

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा तुलसीपुरमा रक्तदान गरिएको छ ।

नेपाल तरुण दल दाङले शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सिंहको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि पुर्व सांसद कांग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरीले नेता सिंहको त्याग, सर्मपन र योगदानको जति चर्चा गरेपनि नपुग्ने बताए ।

लौह पुरुष सिंहको थोरै अंशपनि अहिलेका नेताहरुले अनुसरण गर्न सके मात्र कांग्रेसले नयाँ जीवन प्राप्त गर्ने उनको तर्क थियो ।

काँग्रेस एक ढिक्का भएर अगाडी नबढ्दा सम्म प्रजातन्त्रमाथिको खतरा कहिलै नसकिने उनले बताए ।

उनले भने,‘कांग्रेस एक ढिक्का भएर अगाडि जस्तो सुकै शक्तिपनि सजिलै परास्त गर्न संभव हुने छ र आउदो चुनावमा बहुमत हासिल गर्न सकिन्छ ।’

त्यस्तै उनले पछिल्लो पुस्ताले अग्रज नेताले गरेको योगदानको सही रुपमा अनुसरण गर्दै त्यसको सहीे कदर गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संविधान सभाका सदस्य बुद्धिराम भण्डारीले लौह पुरुस सिंहले गरेको योगदानले नै नेपालमा खोसिएको प्रजातन्त्र पुर्नंस्थापना गर्न संभव भएको बताए ।

‘ज्यानको प्रवाह नगरी निरुङकुश व्यवस्था विरुद्ध नेता सिंह संधै लडिरहनु भयो,’ भण्डारीले भने ‘राणाका सञ्तान उहाँलाई नपुगेको केही थिएन, तर, उहाँ निरुङकुश व्यवस्था फालेर प्रजातन्त्रका लागि विचलित नभएर लडिरहनु भयो।’

गणेशमान जस्तो निडर, निर्भिक, त्याग र सर्मपन भएको नेता आज देशमा खड्किएको उनले बताए ।

कार्यक्रमलाई पुर्व क्षेत्रिय सभापति मदन रसिक,पूर्व जिल्ला सभापति नारायणप्रसाद शर्मा,नेविसघंका पूर्व केन्द्रिय उपाध्यक्ष प्रदिप खड्का,पुर्व केन्द्रिय सदस्य भेसराज डाँगी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गरेका हुन ।

कार्यक्रममा १४ जनाले रक्तदान गरेको अध्यक्ष घर्तीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्