कनिका खबर
असोज २, दाङ ।
कोरोना भाइरस सङ्क्रमको जोखिमका कारण पटकपटक मिति सारिदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने तयारी अघि बढाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले सो मितिमा बैठक गर्ने प्रस्ताव कार्यकारिणी समितिमा लैजाने भएको हो । महासंघका उपाध्यक्ष चन्द्र ढकालले तिहारलगत्तै साधारणसभा गर्ने गरी प्रस्ताव गरेको जानकारी दिएका हुन् ।
कार्यकाकारिणी समितिले उक्त प्रस्ताव पास गरेर मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि साधारणसभाको मिति निश्चित हुनेछ । यसअघि साउन २६ र २७ गते साधारणसभा गर्ने प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्ले समयमा स्वीकृति नदिँदा अन्यौलमा परेको थियो । कोभिडको जोखिम बढेको भन्दै पछि पदाधिकारी बैठकले सो साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।


