मुलुक संघीय प्रणालीमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्नैमा जोड – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

मुलुक संघीय प्रणालीमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्नैमा जोड

    मा प्रकाशित

शरद रेग्मी
तुलसीपुर, असोज ३
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघीय प्रणालीमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताएका छन् । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको विकल्प नभएको उनको धारणा थियो । साथै उनले जनताको चाहाना र अपेक्षा अनुसार स्थानीय प्रशासनले सहजीकरणको भूमिका खेल्नुपर्ने बताए ।
रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
सुशासन, पारदर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने उहाँको भनाइ थियो । साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गरे ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारे ।
क्लवका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधिको बारेमा प्रकाश पारे ।
कार्यक्रममा क्लवका भावी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथि थियो ।
क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गरेका कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्