जनता आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

जनता आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ ।
दाङको देउखुरीमा एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च जोखिममा पर्नु साथै स्टोर रुम पहिरोले पुरिने देखिन्छ भने तारबारमा समेत क्षति पुगेको विद्यालयका शिक्षक तुलबहादुर कंवर मगरले जानकारी दिएका छन् ।
तत्काल पहिरो रोकथाम नगरिए कक्षा ७ र ८ को २ कोठे भवन र शौचालय पहिरोले लैजाने खतरा बढेको शिक्षक मगरले बताएका छन् । कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा करिव २ सय ७० विद्यार्थी रहेका छन् भने एक कार्यालय सहयोगी सहित ११ जना शिक्षकहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्