गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अनुदानको ट्याक्टरमा अनियमितता – Kanika Khabar
Saturday, May 30Nepali News Portal

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अनुदानको ट्याक्टरमा अनियमितता

    मा प्रकाशित

हुमाकान्त पोखरेल
असोज १४, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अनुदानबाट प्रदान गरिने ट्याक्टरबाट ठेकेदारले रकम उठाएको खुलेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को कार्यक्रम अनुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकोमा बितरक कम्पनीले उनीहरुसँगबाट प्रति ट्याक्टर एक हजार ५ सयका दरले रकम असुली गरेको पाईएको हो ।
गाउँपालिकाले ६५ हजार रुपैया पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा ३४ जना किसानलाइ बिरण ग¥यो । किसानले ३२ हजार ५ सय मात्रै तिरे पुग्नेमा १ हजार ५ सय रुपैयाँ बढि तिरेको किसान बाबुराम ज्ञवालीले बताए । गाउँपालिबाट ५० प्रतिशत अनुदानमा ट्याक्टर पाएका ज्ञवालीजस्ता अरु ३३ जना किसानले एक हजार पाचँ सय रुपैंया गाउँपालिकामा छुट्टै बुझाए । गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा आफुहरुसँगबाट रकम उठाएको किसानहरुको आरोप छ ।
गाउँपालिकाले गत आर्थिक बर्षमा मै ट्याक्टर वितरण गर्नुपर्ने थियो । तर सम्बन्धित सप्लायर्स र कर्मचारीले तदारुकता नदेखाउँदा गत साउनमा मात्रै किसानहरुले ट्याक्टर पाए । ट्याक्टर बितरक कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका संचालक गिरिधरी चौधरीले ३४ जना किसानहरुबाट प्रति किसान एक हजार पाचँ सयका दरले ५१ हजार रुपैंया गैरकानुनी ढङ्गबाट असुली गरेको किसानहरुको आरोप छ । तर गाउँपालिका अध्यक्ष निकलण्ठ गौतम यसबारेमा आफूलाइ जानकारी नभएको बताउनुहुन्छ । बितरक कम्पनीले ढुवानी खर्च स्वरुप त्यति रकम लिएको दाबी गरेको छ । किसानहरुले भने अनुदान भनिएको ट्याक्टरमा गैरकानुनी ढङ्गबाट रकम असुली गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्