लकडाउनले बढायो बलात्कारका घटना, प्रदेश दुईमा दुई महिनामा बलात्कारका ७६ वटा मुद्दा – Kanika Khabar
Saturday, May 30Nepali News Portal

लकडाउनले बढायो बलात्कारका घटना, प्रदेश दुईमा दुई महिनामा बलात्कारका ७६ वटा मुद्दा

    मा प्रकाशित

कनिका खबर
असोज १६, जनकपुरधाम
प्रदेश दुईमा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता भएका छन् । दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन । कोरोना महामारीकै समयमा पनि बलात्कारका घटना बढेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरले यसप्रति आफूहरू गम्भीर बनेको बताएको छ । प्रदेश मातहतका प्रहरी कार्यालयहरुलाई बलात्कारको घटनामा कुनै सम्झौता नगरि कडा भएर काम गर्न निर्देशन दिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्त एवमं प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताउनुभयो । अन्य अपराधमा केही कमी आए पनि बलात्कारका घटना बढेको प्रहरीको निष्कर्ष छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्