बेलायतमा कोरोनाका सङ्क्रमित फेरि बढे – Kanika Khabar
Sunday, May 31Nepali News Portal

बेलायतमा कोरोनाका सङ्क्रमित फेरि बढे

    मा प्रकाशित

कनिका खबर

असोज १८, दाङ ।

 

बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८ सय ७२ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शुक्रबार मात्र बेलायतमा ७ हजार १ सय ४३ जना सङ्क्रमित भेटिएकोमा गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा सङ्क्रमित भेटिएका हुन् । बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्