नुवाकोट एफएम १३ वर्षमा प्रवेश – Kanika Khabar
Friday, April 17Nepali News Portal

नुवाकोट एफएम १३ वर्षमा प्रवेश

    मा प्रकाशित

कनिका खबर
असोज २०, नुवाकोट
नुवाकोटको विदुर नगरपालीका वडा नम्वर २ नुवाकोटबाट प्रशारण भइरहेको नुवाकोट एफएम १३ वर्षमा प्रवेश गरेको छ । २०६५ साल असोज २० गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो मगलबारदेखि १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको हो । बिदुरमा स्टेशन र बिदुर २ कालिकाडाडामा मा प्रसारण केन्द्र रहेको रेडियोले शिक्षा स्वास्थ कुषि र शान्ति बिकास र न्यायको सँग सम्बन्धित विषयवस्तुमा पनि केन्द्रित हुँदै आएको छ । नुवाकोट र रसुवामा पहिलो पल्ट नागरिक सवालका विभिन्न पक्षमा सहकार्य गर्दै आएको रेडियोले आगामी दिनमा रेडियोको प्रसारण सामाग्रीहरुलाई परिष्कृत गर्दै लैजाने रेडियो सचालन समितीका सचिव एवं स्टेशन म्यानेजर श्रीरामअधिकारीले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्