प्रदेश ५ सरकारको बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय – Kanika Khabar
Friday, June 26Nepali News Portal

प्रदेश ५ सरकारको बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय

    मा प्रकाशित

कनिका खबर
असोज २०

प्रदेश ५ मन्त्रिपरिषद्को आज बसेको बैठकले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको हो । यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई जोडेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने समेत निर्णय गरेको छ ।

बुटवलबाट प्रदेशको राजधानी सार्ने प्रस्तावलाई प्रदेशसभाबाट अघि बढाएको सरकार निकै आलोचित भएपछि बुटवल भैरहवा क्षेत्रलाई आर्थिक राजधानी बनाउने निर्णयमा पुगेको हो ।

नेकपा संसदीय दलको हिजोको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना असन्तुष्ट सांसदहरुलाई मनाउने क्रममा आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए ।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर तीनै जिल्लालाई सांस्कृतिक एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्