जेसीज सप्ताहकाे तेस्राे दिन: खाद्यान्न वितरण – Kanika Khabar
Saturday, May 2Nepali News Portal

जेसीज सप्ताहकाे तेस्राे दिन: खाद्यान्न वितरण

    मा प्रकाशित

कनिका  खबर
असाेज २०, दाङ ।


मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रको आत्मसात गर्दै दाङ महिला जेसीजकाे आयाेजनामा जेसीज सप्ताह- २०२० अन्तर्गत तेस्रो दिन  खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङ महिला जेसीज वर्ष २०२० काे अध्यक्ष जेसी जीबा भुषालकाे अध्यक्षता, घोराही उपमहानगर पालिका वडा नं. १४ का वडाध्यक्ष श्री शक्तिराम डाँगीको प्रमुख अातिथ्यता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष श्री कल्पना न्यौपाने र नेपाल अपाङ्ग संघ, झिंगौरा दाङका अध्यक्ष श्री शरद अधिकारीको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी सुशीला पौडेल , नेपाल अपाङ्ग संघ, झिंगौरा दाङका कोषाध्यक्ष श्री वसन्तराज भट्टलगायतको उपस्थिति रहेको थियो।

जेसीजकाे अास्था पाठ जेसी जुनु बुढाले गरेकी थिइन्। कार्यक्रम संयाेजक जेसी अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा मुल संयाेजक जेसी नारायणी भण्डारीले कार्यक्रमकाे बारेमा जानकारी गराएकी हुन्। कार्यक्रममा उपस्थितिलाई जेसी सिन्धु रिजालले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमकाे सहजीकरण महासचिव जेसी संगीता गिरीले गरेकी थिइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्