त्रिदेशीय सडकमार्गको मुआव्जा माग – Kanika Khabar
Thursday, May 9Nepali News Portal

त्रिदेशीय सडकमार्गको मुआव्जा माग

    मा प्रकाशित

कनिका खबर
असोज २३, नुवाकोट
त्रिदेशीय मार्गको रुपवमा रहेको गल्छी–त्रिशूली–रसुवागढी मार्ग अन्र्तगत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन स्थानीयवासीले सरकार समक्ष माग गरेका छन् । विदुर नगरपालिकाको अगुवाइमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवालीमार्फत आग्रह गरेको हो । मन्त्री ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै विदुर नपाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र रसुवागढी नाका तथा जलविद्युत आयोजना निरीक्षणका लागि नुवाकोट हुदै रसुवा पुगेका परराष्ट्रमन्त्री ज्ञवालीलाई नुवाकोटको विदुरमा उक्त माग गरिएको हो ।सडक आयोजनाले गल्छी–रसुवागढी ८२ किलोमिटर सडकको पीपलटार–गल्छी खण्डको आठ किलोमिटर सडक पासाङल्हामु मार्गमा परेको र २०३४ सालमा नै सडक सीमा कायम भएको जनाउँदै मुआब्जा दिन नसकिने भनी मुआब्जा प्रक्रिया अघि नबढेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आइरहेका छन् । विदुर नपाका मेयर सञ्जु पण्डितले हस्ताक्षर गरेको पत्रमा विगतमा पटकपटक सबैलाई मुआब्जा दिने भनिए पनि पछिल्लो समय पीपलटार–ढुङ्गे खण्डलाई छुट्याइएकाले समेट्न आग्रह गरिएको छ । सरकारले जग्गा प्राप्ति ऐनअनुसार सूचना जारी नगरेको, स्थानीयवासीलाई जानकारी नगराएको र अहिलेसम्म पनि सडकको लगतकट्टा नगरेकाले स्थानीयवासीले भोगचलन, भूमिकर पनि तिर्दै आएको र सडकसीमाभित्र भनिएका जग्गामा नगरपालिकाबाट नक्शापास गराई घरसमेत बनेको तथा किनबेच पनि भइरहेको जग्गाको अहिले मुआब्जा दिन नमिल्ने भनेर भेदभाव गर्न नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्