निशान भट्टराई
असोज २५, दाङ ।
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च प्रबिधिको इएनटी इन्डोस्कोपी सेवा सुरु हुने भएको छ ।
उच्च प्रविधिको इएनटी इन्डोस्कोपी ४ के सिष्टमको मेसिन जडान गर्न लागिएको छ ।
मेसिन जडान भएर सेवा सञ्चालन भएमा अब जटिल खालको नाक, कान र घाँटी रोगका उपचार गर्न सहज हुने प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ डा। बिक्रम बुढाथोकीले जानकारी दिए ।
प्रतिष्ठानले दशैं तिहारपछि उक्त सेवा सुरु गर्ने उनले बताए ।
मेसिनसंगै जनशक्ति ब्यबस्थापन गर्नुपर्ने भएकाले केही दशैं तिहार पछि सेवा सुरु हुने उनले जानकारी दिए ।
काठमाडौंको टिचिङ र धरानपछि दाङको प्रतिष्ठानमा उच्च प्रबिधिसहितको मेसिन जडान गरिएको उनले जानकारी दिए ।
पश्चिम नेपालमै पहिलो पटक दाङमा उक्त उपकरण जडान गरिएको उनले बताए । उच्च स्तरको मेसिन जडान भएसंगै नाक,कान र घाँटीको जटिल उपचारपनि दाङमै सम्भब हुने उनले विश्वास व्यक्त गरे ।
उक्त उपकरण जडान पछि सेवा सुरु भएमा नाकमा मासु पलाएको, ट्युमर, पिनास लगायतका नाक सम्बन्धि उपचार प्रतिष्ठानमा हुने उनले बताए ।