कनिका खबर
असोज २६, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ थियो ।
पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।
यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ रहेको थियो ।
मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।