भक्तपुरको ब्रह्मायणी नवरात्रि शुरु भए संगै भक्तजनको घुइँचो – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

भक्तपुरको ब्रह्मायणी नवरात्रि शुरु भए संगै भक्तजनको घुइँचो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १, भक्तपुर
यस वर्षको बडादशैँ पर्व आज देखि शुरु भएको छ । आज घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ । नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणी शक्तिपीठमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान आग्रह गरे पनि सर्वसाधारण बिहानदेखि ब्रह्मायणी दर्शनका लागि पुगेका थिए । भक्तपुरमा नवरात्रिमा विभिन्न शक्तिपीठमा स्थान गर्ने र दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामा स्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ । यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्