प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा चालकको मृत्यु – Kanika Khabar
Friday, April 17Nepali News Portal

प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा चालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, दाङ

प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घोराही उपमहानगरपालिका ३ बन्जाडी घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको हो ।

घाईते हुनेहरुमा प्युठान माण्डवी गाउँपालिका १ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङ बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक रहेका छन् ।

घाईतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । तिरामबाट घोराही आउन लागेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको बताईएको छ । मृतक राना गाडी धनी र चालक आफै रहेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्