पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ

    मा प्रकाशित

कनिका खबर
कात्तिक ४, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि थप छानबिन गर्नका लागि पर्याप्त प्रमाण नभएको बताएको छ । संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ । घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ । लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा जवाफ माग गर्दै पत्र लेखेको थियो । उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्