कनिका खबर
कात्तिक ५, दाङ
एकाधिकार कायम गरेको भन्दै अमेरिकाले गुगुलमाथि मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लङ्घन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिकाले गुगलविरुद्ध मुद्दा दायर गरेको हो । एक वर्ष भन्दा बढीको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा गुगलविरूद्ध मुद्दा दायर गरेका हुन् । गुगलले प्रत्येक वर्ष अर्बौ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोन सहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको मुद्दामा उल्लेख छ । यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा गेटकिपरको जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको बीबीसीले जनाएको छ ।
मा प्रकाशित