शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, कालिकोट
कालिकोटको शुभकालिका गाउँपालिकाका जनप्रतिनिधीले आफ्नै सेवासुविधाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । आफूहरुले पाउने सेवा सुबिधा कटाएर जनप्रतिनिधिले नागरिकलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । केन्द्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम गएपछि भने उनीहरुले खर्च गरेको रकम लिने छन् । दशैको समयमा जनप्रतिनिधिले देखाएको यो उदारलाइ स्थानीयले प्रशंसा गरेका छन् । संघबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम नगएपनि स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नै खर्चमा भत्ता वितरण गरेपछि पालिका भित्रका नागरिक खुसी भएका छन् । ७६ वर्षका धननाथ योगी दुइ किस्ताको रकम पाएपछि हर्षित हुनुभयो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागबाट बार्षिक ५ करोड ७५ लाख रुपैंया शुभकालिका गाउँपालिकामा आउँछ । तर अहिले केन्द्रबाट आउने रकम आउन ढिला हुँदा पनि पालिकाले कार्तिक सम्मको सामाजिक सुरक्षा भत्ता दिएको छ । यसले नागरिकलाइ चाडबाड मनाउन सजिलो भएको स्थानीय उज्जले अधिकारीले बताउनुभयो । शुभकालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउनेहरु ४ हजार ३ सय ६० जना छन् । हाल पालिकाले सामाजिक सुरक्षा भत्ता बापत ३ करोड ७८ लाख रुपैया वितरण गरेको छ । जस मध्येबाट १ करोड ५० लाख रुपैया जनप्रतिनिधीको सेवा सुविधा बाट दिइएको छ भने बाँकी रकम पालिकाले विकासी बजेटबाट दिएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले बताउनुभयो । पालिका भित्रका नागरिकहरुको दशै तिहार राम्रो होस भन्ने उदेश्यले यसरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्