कनिका खबर
कार्तिक ११, काठमाडौं
नोबेल कोरोना भाइरसको महामारीबीच नेपालीहरूले दुरी कायम गर्दै हिजो मान्यजनबाट विजयादशमीको टीका तथा जमरा ग्रहण गरेका छन् । कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टीका लगाउने कार्यक्रम प्रायः घरमै सीमित भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घरघरमा टीका लगाएका छन् भने यसपटक हिडडुल पनि कम भएको छ । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानी काठमाडौँबाट आ–आफ्नो थातथलोमा दसैँ मनाउन जाने पनि घटेका छन् । कोरोना सङ्क्रमित भएर भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकाहरूलाई भने स्वास्थ्यकर्मीले टीका लगाइदिएका छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले सबै सङ्क्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।
मा प्रकाशित


