लुम्बिनी प्रदेशमा बाल विवाह विरुद्धको १५ दिने अभियान चलाईने – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

लुम्बिनी प्रदेशमा बाल विवाह विरुद्धको १५ दिने अभियान चलाईने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल विवाह विरुद्धको १५ दिने अभियान चलाउने तयारी गरेको छ । प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरेर बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि २८ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ । १५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । बाल विवाहकै कारण शारिरीक तथा मानसीक समस्या, घरेलु हिंसामा वृद्धि, सामाजिक, आर्थिक र पारिवारीक समस्या संगै अपराधिक कृयाकलाप समेत सृजना हुने भएकाले यसको न्युनिकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ उपरीक्षक वैदवारले बताउनुभयो । प्रहरीले अभियानलाई सफल बनाउन प्रहरी कर्यालय अगाडि, बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने, विभिन्न संचार माध्यामबाट अभियानको जानकारी गराउने लगाएतका कार्यक्रम तयार गरेको छ । २० बर्ष नपुग्दै गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्