लुम्बिनी प्रदेश प्रहरीले बालविवाहविरुद्ध अभियान सुरु – Kanika Khabar
Friday, May 1Nepali News Portal

लुम्बिनी प्रदेश प्रहरीले बालविवाहविरुद्ध अभियान सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, काठमाडौं
लुम्बिनी प्रदेश प्रहरीले बालविवाहविरुद्ध अभियान सुरु गरेको छ । बालविवाहले चौतर्फी हानी गरिरहेको ठहर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ‘बालविवाह कानुन विपरित कार्य हो यसलाई रोकौं’, भन्ने नारासहित अभियान सुरु गरेको हो । यस्तो समस्या तराईका जिल्लामा बढि भए पनि प्रहरीले ती जिल्लासँगै प्रदेशका १२ जिल्लामै अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार हरेक जिल्लाका प्रहरी कार्यालयहरूले एकसाथ लक्षित वर्गसम्म पुगि बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न सचेतनामूलक अभियान सञ्चालन गरेका छन् । औपचारिक रुपमा हिजोबाट सुरु भएको यस्तो अभियान १५ दिनसम्म सञ्चालन हुनेछ । प्रवक्ता बैदवारका अनुसार १५ दिनको अवधीमा १२ जिल्लाका जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीहरुबाट गरी एक हजार २ सय ३१ वटा कार्यक्रम आयोजना हुनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्