कनिका खबर
कार्तिक १५, नुवाकोट
कोरोना सङ्क्रमित पुष्टि भएपछि नुवाकोटको पर्यटकिय रातमाटेमा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको हो । राती १२ वजेबाट एक साताको लागि वडाको मुख्य बजार रातमाटे र महादेवफाटमा अत्यावस्यक बाहेकका विभिन्न कार्यहरु गर्न रोक लगाइएको छ । औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा वाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन तथा अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने खाद्यान्न पसल र औषधि पसल वाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय संचालन नगर्न वेलकोटगढी नगरपालिकाले आग्रह गरेको छ । यस्तै, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमती प्राप्त सवारी साधन वाहेक कुनै प्रकारका सार्वजनिक वा निजि यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) संचालन गर्न नपाइने भएको छ । यस्तै, अत्यावश्यक सेवाका कार्यालय वाहेक सबै सरकारी, निजि तथा गैरसरकारी क्षेत्रका कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुबाट हुँदै आएका नियमित सेवा सञ्चालन नगर्न आग्रह गरिएको छ ।
मा प्रकाशित


