सशस्त्र प्रहरीका सईको कोरोना संंक्रणवाट मृत्यु – Kanika Khabar
Thursday, April 16Nepali News Portal

सशस्त्र प्रहरीका सईको कोरोना संंक्रणवाट मृत्यु

    मा प्रकाशित

कनिका खवर
कार्तिक १६, दाङ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको शनिबार निधन भएको हो।
अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई खड्काको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरेका छन्। प्रेसर र सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको अस्पताल प्रशासनले जनाएको छ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो। दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए।
काठमाडौँ उपत्यकामा कोरोनाबाट निधन हुने खड्का सशस्त्र प्रहरीका पहिलो कर्मचारी हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्