कनिका खबर
कार्तिक १६, काठमाडौं
महोत्तरीमा सशस्त्र प्रहरीका एक जवान घुससहित पक्राउ परेका छन् ।
गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।