सुदुरपश्चिमका युवा रोजगारीका लागि फेरि भारत जाँदै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सुदुरपश्चिमका युवा रोजगारीका लागि फेरि भारत जाँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, बझाङ
दशैं सकिएसँगै सुदुरपश्चिमबाट गाउँहरुबाट भारत जानेहरुको लर्को लागेको छ । कोरोना कहरले रोजगारी गुमाएका र दशैं मान्न घर फर्किएकाहरु गाउँमा आम्दानीको बाटो नदेखेपछि भारत तिर लागेका हुन् । संसारभर कोरोनाको क्रास फैलियो । भारतमा रहेका कयौँ नेपाली मर्न परे गाउँ घरमै पुगेर मरौंला भन्दै धमाधम स्वदेश फर्किए । तर, बेरोजगारीको पीडाले धेरै दिन घरमा बस्न दिएन । खेतीपातीको कामले खानलाई वर्षभरी नपुग्ने र हातमुख जोर्ने अरु कुनै विकल्प नभएपछि सूदूरपश्चिमबाट अहिले दिनकै सयौँ युवा भारत पलायन भइरहेका छन् । त्यसै मध्यका एक हुनुहुन्छ, बझाङको सुर्मा दौलीचौरका बीरबहादुर बोहरा । रोजगारी गुमाएर घर आएकाहरु पनि पुनः भारत फर्किएका छन् । स्थानीय सरकार बेरोजगार युवाहरु जानकार भएपनि रोजगारी दिलाउन कुनै पहल गरेको छैन । चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न मन्त्रालय अन्तरर्गत स्वरोजगार कार्यक्रमका लागि करिब ५ करोड बजेट विनियोजन गरीएको सूदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको भनाई छ । उहाँले तत्काल सबैलाई रोजगारी दिन नसकिने भएपनि सरकारले विभिन्न स्वरोजगारमूलक कार्यक्रम ल्याएको दाबी गर्नुभयो । आफूले पनि रोजगारीको सिलसिलामा १६ वर्ष भारतमा विताएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अनुभव छ । २०७४ साल फागुन ५ गते सूदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरीसकेपछि उहाँले चौकीदारी गर्न भारत जानुपर्ने दिनको अन्त्य गर्ने बताउनुभएको थियो । कामको खोजीमा कोरोनाको कहर छिचोल्दै भारत लागेका युवाले मूख्यमन्त्रीको भाषण बिर्सिएका छैनन् । बरु मूख्यमन्त्री स्वयम् र अरु जनप्रतिनिधीले आफ्नो बाचा बिर्सिएको युवाहरुको गुनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्