रुकुम पश्चिममा उद्योगहरु सूचारु भएपछी रोजगारीको अवसर बढ्यो – Kanika Khabar
Sunday, May 5Nepali News Portal

रुकुम पश्चिममा उद्योगहरु सूचारु भएपछी रोजगारीको अवसर बढ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, रुकुम
रुकुम पश्चिममा साना, ठूला गरेर १२ सय उद्योगहरु सञ्चालनमा छन् । दुर्गम गाउँमा पनि उद्योगहरु सूचारु भएपछी धेरैले रोजगारीको अवसर पाएका छन । रोजगारिका लागी भारत लगाएत खाडी मुलुकमा जाने गरेकाहरु अहिले घर छेउमै काम पाएपछी खुसी भएका छन् । आठविसकोट नगरपालिका वडा नम्बर १२ का तिलक बहादुर बुढाले बर्षौ सम्म भारतमा रोजगारी गर्नुभयो । फेरि पनि रोजगारीका लागि भारत जाने तयारी थियो । तर वडा नम्बर १० को झिनचौरमा कर्णाली वेवरेज इन्डसट्रिज खुलेपछी उहाँलाई घरछेउमै रोजगारी मिल्यो । उद्योगमा अहिले ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन । घाँस दाउरा गर्ने र चुलो चौखोमा मात्रै सिमिति भएका महिलाहरुले पनि अहिले उद्योगमा काम गरेर आम्दानी गर्ने गरेको स्थानीय शुसिला कुसारी र डिला केसी बताउँनुहुन्छ । यसअघी बन जंगलमा खेर जाने गरेको डिम्मुर, मेल, चिउरी लगाएतका फलहरु प्रसोधन गरेर बेच्ने गरि पनि महिलाहरुले साना उद्योग चलाइरहेका छन् । यहाँका ४६ जना व्यवसायीहरुको करिव साढे १२ करोड लगानीमा उद्योग सञ्चालन गरेका छन् । उद्योगमा अहिले संकलन भएका कच्चा पदार्थहरुको प्रसोधन भैरहेको छ । फलफूलबाट वाइन र जुस उत्पादन गरी स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्ने लक्षका साथ स्थापना गरिएको उद्योगलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रालीका अध्यक्ष दल बहादुर शाहको भनाई छ । रुकुम पश्चिम लगाएत सल्यान, जाजरकोट र डोल्पा जिल्लामा समेत उत्पादन भएका फलफूलहरु यहाँ प्रसोधन हुने भएपछी कर्णाली प्रदेशको भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले साढे २ करोड बजेट अनुदान समेत दिएको भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभयो । उद्योगबाटै रोजागारी प्रदान गर्न सकिने र आर्थीक उपलब्धी हाँसिल हुने भन्दै जिल्लामा अहिले उद्योग स्थापना गर्नेहरु बढी रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्