सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे फेरि अनसन बस्ने डा. केसीको चेतावनी – Kanika Khabar
Monday, November 23Nepali News Portal

सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे फेरि अनसन बस्ने डा. केसीको चेतावनी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, काठमाडौं
प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाए फेरि अनसन बस्ने चेतावनी दिनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले सरकारलाई सम्झौता कार्यान्वयनको लागि दवाव दिन सबैलाई आग्रह गर्नुभएको हो । डाक्टर केसीले अरुको पालामा भएको उपलब्धी प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गुमेको बताउँदै सम्झौता कार्यान्वयमा बेइमानी नगर्न चेतावनी पनि दिनुभयो । सरकारले दवावमा परेर सम्भौता गरेको भन्दै उहाँले अब ईमान्दार भएर सम्झौता कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । डाक्टर केसीले जारी गर्नुभएको विज्ञप्तिमा सम्झौता कार्यान्वयन नभएमा सरकार गैर–जिम्मेवार मात्रै हैन, संवेदनहीन र जनपीडक सावित हुने भन्दै जसलाई शिक्षा र स्वास्थ्यमा खाली व्यापार गर्नु रहेको र जनतालाई सेवा दिनु छैन । त्यो हाम्रो संविधानको समेत मानमर्दन हुने उल्लेख गुर्नभएको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं अनसन सुरु गर्नुभएका केसीले २८ औं दिनमा डा. केसीले अनसन तोड्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्